काठमाडौं । उपप्रधान तथा भौतिक पूर्वाधार यातायातमन्त्री रघुवीर महासेठले काठमाडौं महानगरपालिकाका प्रमुख ९मेयर० बालेन शाहको निर्देशनमा सडक विभागअगाडि महानगर प्रहरीले ट्रकमा लगेर फोहोर फालिदिएको घटनालाई सामान्य रुपमा लिएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकबाट बाहिरिएपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले बालेनले मुखले भन्दा बढी कामले जवाफ दिएको बताए ।
‘यसलाई हामीले सामान्य रुपमा लिएका छौं । उहाँले मुखले भन्दा पनि धुलो फालेर कामले नै सल्लाह दिइरहनु भएको छ । यसमा हाम्रो कुनै कमेन्ट छैन,’ उनले भने । यातायातमन्त्री महासेठले चक्रपथ ९रिङरोड० निर्माणका लागि चीनसँग सम्झौता भएको स्मरण गर्दै आफूले काम रोक्नलाई कुनै आदेश नदिएको स्पष्ट पारे ।
‘हामीले रोकेर त्यो रोकिने पनि होइन । मित्रराष्ट्र चीनसँगको कुरा हो । पूरै रिङरोड बनाउने सम्झौता भएको छ । आवश्यक पर्दा नेपाल सरकारको आन्तरिक बजेटबाट पनि निर्माण हुन्छ,’ उनले थपे । बालेनले भने विगत १५ वर्षदेखि काठमाडौंका जनताले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको भन्दै मन्त्री महासेठप्रति आक्रोश पाखेका थिए ।
त्यतिमात्र होइन उनकै निर्देशनमा सडक विभागअगाडि महानगर प्रहरीले ट्रकमा लगेर फोहोर फालिदिएको थियो । यसपछि विभागले पनि प्रतिकारको चेतावनी दिएको थियो ।


प्रतिक्रिया