काठमाडौँ – भारत गुजरातको राजकोट शहरस्थित एक गेम जोन ९बालबालिका खेल्ने ठाउँ०मा आगलागी हुँदा १२ बालबालिकासहित २८ जनाको मृत्यु भएको छ ।
ुगुजरातको राजकोट जिल्लाको गो–कार्टिङ, बलिङ र अन्य साहसिक खेलहरू जस्ता मनोरञ्जन गतिविधिहरूको हब ‘टीआरपी गेमिङ जोन’ मा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या २८ पुगेको छ । उनीहरूको मृत शरीर परीक्षणका लागि अस्पताल पठाइएको छु राजकोटका प्रहरी आयुक्त राजु भार्गवले भने ।
‘गेमिङ जोन’ युवराज सिंह सोलङ्की नाम गरेका व्यक्तिको स्वामित्वमा छ । लापरबाही र मृत्युका लागि हामी अपराधसम्बन्धी मुद्दा दर्ता गर्नेछौं । उद्धार कार्य पूरा गरेपछि थप अनुसन्धान अघि बढाइनेछु उनले भने ।
२५ जनालाई सुरक्षित बाहिर निकालिएको सिन्ह्वाले जनाएको छ । उक्त घटनामा घाइते भएका सबै जनालाई आवश्यक उपचारका लागि स्थानीय अस्पतालमा लगिएको छ । आगलागीको कारण भने अहिलेसम्म थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।
टीआरपी गेमिङ जोनभित्रको अस्थायी संरचना आगोको बीचमा ध्वस्त भएको र अन्य केही व्यक्ति भग्नावशेषमा फसेका हुनसक्ने स्थानीय अग्नि अधिकारीले बताए ।


प्रतिक्रिया