मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानी राष्ट्रपति रायसी चढेको हेलिकप्टर दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक

इरानी राष्ट्रपति रायसी चढेको हेलिकप्टर दुर्घटनाको प्रारम्भिक अनुसन्धान प्रतिवेदन सार्वजनिक

न्यूजस्टोरी

काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम रायसी र उनको टोलीका सदस्यहरूको ज्यान जाने गरी भएको हेलिकप्टर दुर्घटनाको कारणबारे पहिलो प्रतिवेदन सार्वजनिक भएको छ। दुर्घटनापछि गठन भएको विशेषज्ञ र प्राविधिकहरू सम्मिलित एक उच्च स्तरीय छानबिन समितिले प्रतिवेदन सार्वजनिक गरेको चिनियाँ समाचारसंस्था सिन्ह्वाले जनाएको छ ।

प्रतिवेदनअनुसार हेलिकप्टर पूर्वनिर्धारित मार्गमै रहेको थियो । घटना हुनुभन्दा झण्डै डेढ मिनेटअघि दुर्घटनाग्रस्त हेलिकप्टरका पाइलटले राष्ट्रपतिको सुरक्षामा रहेका अरु दुई हेलिकप्टरसँग सम्पर्क गरेका थिए । दुर्घटनाग्रस्त हेलिकप्टरको भग्नावशेषमा गोली वा यस्तै वस्तुको कुनै निशान फेला नपरेको र हेलिकप्टर पहाडमा खसेपछि आगो लागेको प्रतिबेदनमा उल्लेख छ ।

प्रतिवेदनमा वाचटावर र उडान टोलीबीचको कुराकानीमा कुनै शङ्काष्पद मुद्दा फेला नपरेको उल्लेख छ । रायसी र उहाँको टोली पूर्वी अजरबैजान प्रान्त जाँदै गर्दा आइतवार पहाडी क्षेत्रमा हेलिकप्टर दुर्घटना भएको थियो । रायसीलाई अस्ति बिहीवार उहाँको गृहनगर मशहदको इमाम रेजाको मन्दिरमा अन्त्येष्टि गरिएको थियो ।