मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गैरहाजिर १९ प्रहरीलाई प्रधान कार्यालयको निर्देशन- सात दिनभित्र उपस्थित हुनू

गैरहाजिर १९ प्रहरीलाई प्रधान कार्यालयको निर्देशन- सात दिनभित्र उपस्थित हुनू

न्यूजस्टोरी

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले गैरहाजिर रहेका १९ कर्मचारीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै दुई महिनाभन्दा बढी समयबाट कार्यालयमा हाजिर नभएका नेपाल प्रहरीका विभिन्न दर्जाका प्रहरीलाई एक साताभित्र स्पष्टीकरणसहित सम्पर्कमा आउन निर्देशन दिएको हो । खोजतलास गराउँदा र प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा समेत सम्पर्कमा नआएको भन्दै कार्यालयले उनीहरूसँग स्पष्टीकरणससहित कार्यालय उपस्थित नभए प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने चेतावनी समेत कार्यालयले दिएको छ ।

‘सात दिनभित्र बाटोको म्यादबाहेक गैरहाजिर हुनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा अन्यथा तपाईउपर प्रहरी नियमावली २०७१ को नियम ११३ को उपनियम ९१०को खण्ड ९च० को कसुरमा ऐन नियमावलीको १०१ को ९ख०बमोजिम सेवाबाट हटाइने छ,’ जारी सूचनामा भनिएको छ ।