मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विश्वप्रकाश शर्माको चुनौती- कांग्रेसका नेतामात्र होइन, नातेदारमाथि पनि छानबिन गर्नुस्

विश्वप्रकाश शर्माको चुनौती- कांग्रेसका नेतामात्र होइन, नातेदारमाथि पनि छानबिन गर्नुस्

न्यूजस्टोरी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसका नेताहरू मात्र होइन उनीहरूको नातेदारमाथि पनि छानबिन गर्न चुनौती दिनुभएको छ ।

बिहीबार नेपाल विद्यार्थी संघ झापा–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा महामन्त्री शर्माले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि कटाक्ष गर्दै भने, ‘कांग्रेसको को–कोमाथि सभापति, उपसभापति, महामन्त्री, सदस्य को–कोमाथि रु भाइ, भतिजो, छोराछोरी नातिनी सबैमाथि क–कसको छानविन गर्नुछ रु नामै लेख्नुस्, थर लेख्नुस्, ठेगाना लेख्नुस्, रङ्ग लेख्नुस् । तर, छानविन गम्भीरतापूर्वक गर्नुस् ।’

गृहमन्त्री लामिछानेले संसदमाा् उभिएर अन्तर्राष्ट्रिय स्तरकै छानविन समिति बनाउन भनेपनि कुनै पनि सहकारी र गोर्खा मिडियाको नाम उल्लेख गर्न नहुने अड्डी कसेको उहांको भनाइ छ ।