मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने कुरै आउँदैन- माधव नेपाल

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने कुरै आउँदैन- माधव नेपाल

न्यूजस्टोरी

काठमाडौं, नेकपा ९एकीकृत समाजवादी० का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने बताएका छन् । आज ९आइतबार० पेशागत महासंघ नेपालको २९औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भोलि ९सोमबार० प्रतिनिधि सभाबाट विश्वासको मत लिँदैछन् । गत २०७९ पुसमा प्रधानमन्त्री नियुक्त भएपछि उनले चौथो पटक संसद्बाट विश्वासको मत लिन लागेका हुन् ।

नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानविन समितिको माग गर्दै निरन्तर संसद् अवरोध गर्दै आएको छ । सहकारी ठगी प्रकरणमा सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति हुन नसक्दा प्रधानमन्त्रीले विश्वासको मत लिन आह्वान गरिएको प्रतिनिधि सभा बैठक पनि प्रभावित हुनसक्ने खतरा बढेर गएको छ ।