काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिल चोक सडक क्षेत्रमा अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर चलाएको छ ।
चाबहिल चोकबाट गौशालातर्फको मुख्य सडक किनारमा अतिक्रमण गरी बनाइएको घर तथा पसलहरू भत्काउन थालिएको महानगरपालिकाका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिनुभयो । अतिक्रमित संरचना हटाउन महानगरले चार वटा डोजरको प्रयोग गरिरहेको छ ।
काठमाडौंका मेयर बालेन शाहले अतिक्रमित संरचना हटाउने र सार्वजनिक सम्पत्ति संरक्षण गर्ने अभियान चलाएका छन् ।


प्रतिक्रिया