मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज काठमाडौँको तापक्रम ३३ डिग्री सेल्सिय पुग्ने अनुमान

आज काठमाडौँको तापक्रम ३३ डिग्री सेल्सिय पुग्ने अनुमान

न्यूजस्टोरी

काठमाडौँ । अहिले बिहान काठमाडौं उपत्यकाको तापक्रम २० दशमलव २ डिग्री सेल्सियस छ । दिउँसो यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसकाबीच रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।

पश्चिमी र स्थानीय वायुको प्रभावले कोशी र मधेस प्रदेश समेत पहाडी भागमा आंशिक बदली रहने विभागको अनुमान छ । तराई क्षेत्रमा भने मौसम सफा रहने उल्लेख छ ।

आज दिउँसो कोशी तथा मधेस प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन, हुरीबतास एवं चट्याङसहित हल्का वर्षाको हुने अनुमान गरिएको छ । तर, तराईका कतिपय स्थानमा तापक्रम ४० डिग्री भन्दा माथि पुगेकाले त्यहाँ तातो हावा चल्ने भन्दै सर्तकता अपनाउन विभागले आग्रह गरेको छ । आजदेखि आइतबार ९६ जेठ० सम्म तराईका जिल्लामा गर्मी अधिक हुने हुनाले त्यसको असरबाट जोगिन सकेसम्म घरबाट बाहिर ननिस्कन विभागले नागरिकलाई आग्रह समेत गरेको छ ।