मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदन खुलाउने छलफल सकारात्मक छ, गृहमन्त्रीलाई बोल्न दिने सहमति भइसकेको छैन – कांग्रेस

सदन खुलाउने छलफल सकारात्मक छ, गृहमन्त्रीलाई बोल्न दिने सहमति भइसकेको छैन – कांग्रेस

न्यूजस्टोरी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा। प्रकाशशरण महतले सदन खुलाउने बिषयमा सरकारसँग कुनै छलफल भइनसकेको बताउनुभएको छ ।  ४ बजे बस्ने प्रतिनिधि सभाको बैठकअघि सहमति जुटाउने विभिन्न विकल्पमा छलफल भइरहेको बताउनुभयो l

उहांले नेपाल प्रेससँग भन्नुभयो -‘ हामीले हाम्रो मागबाट व्याक भएका छैनौं । उहाँहरुले गृहमन्त्रीको नाम नजोडी छानबिन समिति बनाऔं भनिराख्नुभएको छ । अहिलेसम्म कुनै सहमति भएको छैन । छलफल भइरहेको छ ।’उहांले समितिको विषयमा कुनै सहमति नभइ गृहमन्त्रीलाई बोल्न दिने पक्षमा नरहेको बताउनुभयो ।

त्यसो त कांग्रेसकी सचेतक सुशीला थिङले पनि सदन खुलाउने विषयमा छलफल भइरहेको बताउनुभयो । कांग्रेस गृहमन्त्रीलाई सदनमा बोल्न दिन तयार भएको हो रु भन्ने जिज्ञासामा उहां भन्न्हुन्छ( अहिले हामी छलफलमा छौं । हामीले उठाएको माग सरकारले सम्बोधन गरे त सदनमा बोल्न पाइहाल्नुहुन्छ नि १’ तर, प्रधानमन्त्रीले गृहमन्त्रीलाई सदनमा बोल्न दिए त्यसपछि समिति बनाउने बिषयमा छलफल गरेर अघि बढ्ने सन्देश पठाएको बताइन्छ ।