मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाल्पामा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु, १३ घाइते

पाल्पामा जिप दुर्घटनामा हुँदा दुई जनाको मृत्यु, १३ घाइते

न्यूजस्टोरी

पाल्पा । पाल्पामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। १३ जना घाइते भएका छन्। निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जिप दुर्घटना हुँदा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र सोही वडाको घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल कावासोती नगरपालिका डण्डा ९नवलपरासी पूर्व०मा गए राति मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएका १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। प्रहरीका अनुसार बुधबार साँझ नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० अरुणखोलाबाट पाल्पा निस्दी गाउँपालिका–३ खादरतर्फ आउँदै गरेको लु१ज ३३२४ नम्बरको जिप दुर्घटना भएको हो। दुर्घनाग्रस्त जिपमा चालकसहित १५ जना सवार थिए।