काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले सङ्घीय शिक्षा ऐन चालु अधिवेशनमा संसदमा प्रस्तुत गर्ने बताउनुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा मन्त्री राईले शिक्षा ऐन सबैको चासोको विषय भएकाले सरकारले दृढताका साथ काम अघि बढाइरहेको बताउनुभयो । उहाँले पहिला पनि मस्यौदा तयार भई मन्त्रिपरिषदमा पुग्ने तर सरकार परिवर्तनका कारण फर्किने गरेको उल्लेख गर्दै अहिले मन्त्रालयले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पुनः पठाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘शिक्षा ऐन अहिलेको धेरैको चासोको विषय रहेको छ । अहिले पनि यो प्रक्रियामा छ, अहिले कानुन मन्त्रालयमा छ । हामीले कानुन मन्त्रालयलाई निरन्तर अनुरोध गरिरहेका छौँ । यही अधिवेशनमा त्यसलाई प्रवेश गराउनुपर्छ भन्ने अठोटका साथमा काम गरिरहेका छौँ ।
मन्त्री राईले विश्वविद्यालयहरूको छाता विधेयक पनि कानुनी प्रक्रियाको चरणमा रहेको बताउनुभयो ।


प्रतिक्रिया