मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भारतीय सत्तारूढ दल (बीजेपी)ले कश्मीरमा चुनाव नलड्ने

भारतीय सत्तारूढ दल (बीजेपी)ले कश्मीरमा चुनाव नलड्ने

न्यूजस्टोरी

भारतीय सत्तारूढ दल जनता पार्टी (बीजेपी) ले कश्मीरमा चुनाव नलड्ने निर्णय गरेको छ । भारत प्रशासित कश्मीरको विशेष मान्यता अन्त्य गरेको चार वर्षभन्दा बढी समयपछि पहिलो पटक हुन लागेको आम चुनावमा सत्तारूढ दलले प्रतिस्पर्धा नगर्ने भएको हो ।

कश्मीरमा यही मे २० अर्थात जेठ ७ गते चुनाव हुँदैछ । चुनावमा प्रतिस्पर्धा नगर्ने विजेपीको निर्णयलाई राजनीतिक विश्लेषक तथा विपक्षी नेताले सरकारको विगतको कदमका कारण कश्मीरका बासिन्दामा उत्पन्न रिसलाई पार्टीले स्वीकार गरेको अर्थमा लिएका बीबीसी हिन्दीमा उल्लेख छ ।

सन् १९९६ पछि बीजेपी कश्मीरमा चुनाव नलडेको यो पहिलो पटक हो । कश्मीर र भारतीय संघ सरकारबीचको सम्बन्ध दशकौँदेखि तनावपूर्ण छ । भारतीय शासनकाविरुद्ध भएको विद्रोह र त्यसलाई दबाउन गरेको सेना परिचालनका कारण वितेको तीन दशकमा कश्मीरमा हजारौँको ज्यान गएको छ ।

कश्मीरलाई स्वायत्तता प्रदान गरेको भारतीय संविधानको धारा ३७० का झन्डै सबै व्यवस्थालाई हटाएर सन् २०१९ मा बीजेपीका नरेन्द्र मोदीको सरकारले लद्दाख र जम्मू–कश्मीर गरी दुई संघीय सरकार–प्रशासित क्षेत्रका रुपमा शासन गर्न शुरु गरेपछि अवस्था झनै खराब भएको छ । जम्मूमा ४३ र कश्मीरमा ४७ गरी जम्मा ९० निर्वाचन क्षेत्र छन् ।