काठमाडौं । अवैध बाटो हुँदै अमेरिका हिँडेका १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर राखिएको पाइएको छ। नेपाल प्रहरीका अनुसार बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको छ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली( १ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका( १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन्। उनीहरुले १० जनाबाट ५ करोड ५० लाख ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताउनुभयो ।


प्रतिक्रिया