मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइतवारदेखि २८ गते शुक्रवारसम्म काठमाण्डौका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने

आइतवारदेखि २८ गते शुक्रवारसम्म काठमाण्डौका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने

न्यूजस्टोरी

काठमाण्डौ, २३ बैशाख । – नेपाल विद्युत् प्राधिकरणले आज आइतवारदेखि २८ गते शुक्रवारसम्म काठमाण्डौका विभिन्न ठाउँमा बिजुली अवरुद्ध हुने जानकारी दिएको छ ।

कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइन भूमिगत गर्न लागिएकोले यी तीन केन्द्र अन्तर्गत विभिन्न ठाउँमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

आज फोर्स बसपार्कबाट तेजविनायक चोकसम्म, भोलि सोमवार सोल्टीमोडबाट रविभवनसम्म, पर्सि मङ्गलवार फोर्स बसपार्कबाट तेजविनायक चोकसम्म, बुधवार छाउनी अस्पताल क्षेत्र, बिहीवार तेजविनायक चोकबाट मानटार चोकसम्मको क्षेत्र र शुक्रवार ढाल्पाक चोकबाट राराहिल चोकसम्म बिजुली कटौती हुने सूचनामा उल्लेख छ ।