मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मैत्रीपूर्ण फुटबलमा पूर्वी चितवन पत्रकार मञ्च विजयी

मैत्रीपूर्ण फुटबलमा पूर्वी चितवन पत्रकार मञ्च विजयी

न्यूजस्टोरी

चितवन, २० बैशाख। रत्ननगर जेसीसले आयोजना गरेको जेसीज सप्ताह २०८० बुधबार उद्घाटन गरिएको छ । जेसीस सप्ताहको उद्घाटन तथा रत्ननगर जेसीज र पूर्वी चितवन पत्रकार मञ्च बीच मैत्रीपूर्ण फुटबल आयोजना गरिएको थियो । जेसीस सप्ताहको उद्घाटन रत्ननगर नगरपालिकाका प्रमुख प्रलाद सापकोटाले गर्नुभयो ।

जेसीस सप्ताह उद्घाटनमा आयोजित मैत्रीपूर्ण फुटबलमा पूर्वी चितवन पत्रकार मञ्च विजयी भएको छ । पूर्वी चितवन पत्रकार मञ्च रत्ननगरले जेसीजलाई ३–४ गोल अन्तरले पराजित गरेको हो । मञ्चको तर्फबाट राजनदिल गुरुङले दुईगोल, केदार शर्मा र विलबहादुर अधिकारीले एक एक गोल गरेका थिए । रत्ननगर जेसीजको तर्फबाट जेसीजबाट सुरेशजंग पाण्डे दुईगोल र रामप्रसाद शर्मा एक गोल गरेको भएपनि त्यो जीतका लागि प्रयाप्त हुन सकेन । खेल नेपाल माविको खेलमैदानमा भएको थियो ।
जसीस सप्ताह अन्तर्गत वैशाख २० गते नेतृत्व विकास तालिम, २१ गते मानसिक स्वास्थ्य शिविर, २२ गते रत्नविज समिट, २३ गते वृक्षरोपण, २४ गते लागूऔषध दुव्यर्सनसम्बन्धी सचेतना, २५ गते अन्तरमावि वक्तृत्वकला र सोही दिन जेसीस सप्ताह समापन तथा रजत जयन्ती समारोह हुने छ ।