मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

वीरगंजमा १ हजारका नक्कली नोट छयाप छ्याप्ती

वीरगंजमा १ हजारका नक्कली नोट छयाप छ्याप्ती

न्यूजस्टोरी

शेखर छतकुली
पर्शा, १८ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले नेपाली नक्कली नेपाली नोट सहित २ जनालाई नियन्त्रणमा लिएको छ। वीरगंजको घण्टाघर स्थित सडक खण्डबाट वडा प्रहरी कार्यालय विर्ताको टोलीले १ लाख २३ हजार नक्कली नेपाली रुपैयाँ सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले विशेष चेकजाँच गर्ने क्रममा वीरगंजको घन्टाघर सडकमा पैदल हिडी रहेको अवस्थामा १ महिला र एक पुरुषको शरिर खान तलासी गर्दा उनिहरु दुवै जनाको साथबाट १ हजारको १ सय २३ थान (एक लाख २३ हजार ) नेपाली नककली रुपैयाँ वरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम प्रहरी नायव उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ।
उक्त नककली रुपैयाँ सहित पक्राउ पर्नेहरुमा जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नम्वर २ बस्ने वर्ष ४० कि हलिमा खातुन र भारत बिहार पश्चिमी चम्पारन बेतिया भावल पन्चायत वर्ष ३० को कयामुदिन मिया रहेका छन ।
पर्सा प्रहरीले नक्कली नेपाली नोट सहित पक्राउ गरेकाहरु माथी मुद्रा सम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी गरेको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनुभयो ।