मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बर्दियाको डाडागाउँ बस्तीमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट

बर्दियाको डाडागाउँ बस्तीमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट

न्यूजस्टोरी

काठमाडौँ । बर्दियाको मधुवन नगरपालिका-१ डाडागाउँ बस्तीमा आगलागी हुँदा आठ वटा घर जलेर नष्ट भएको छ ।

बिहीवार बेलुकी भएको आगलागीमा आठ घर जलेर नष्ट भएको र तीन वटा घरमा आंशिक क्षति भएको मधुवन नगरपालिका–१ का वडाध्यक्ष मीनबहादुर थापाले जानकारी दिनुभयो । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी छ । गौरी रोकायको घरमा बिजुली शट भएकोले आगो अनियन्त्रित भई अरू घर पनि जलेको हुनसक्ने जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

आगो निभाउन मधुवन नगरपालिका र गुलरिया नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल भग्रैया र स्थानीयले प्रयास गरिरहेका जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक (डीएसपी) हिक्मत बोहोराले बताउनुभयो ।