मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा पोखराको बेगनास तालमा मृत फेला

परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा पोखराको बेगनास तालमा मृत फेला

न्यूजस्टोरी

काठमाडौँ । परराष्ट्र मन्त्रालयमा कार्यरत नायब सुब्बा (नासु) पोखराको बेगनास तालमा मृत फेला परेका छन् । मन्त्रालयका नासु उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास तालमा मृत भेटिएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक (डीएसपी) एवम् प्रवक्ता श्रवणकुमार विकले जानकारी दिनुभयो ।

आज सोमवार बिहान साढे ८ बजे बेगनास तालको डुङ्गाघाटभन्दा चार सय मिटर तल पानीमा तैरिएको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । परिचयपत्रका आधारमा भण्डारीको पहिचान खुलेको प्रहरीले जनाएको छ । मृतक भण्डारी राहादानी विभागमा कार्यरत थिए ।

भण्डारीको साथबाट जहाजको टिकट पनि भेटिएको प्रहरीले बताएको छ । उनी आइतवार जहाजबाट पोखरा आएको खुलेको छ ।