मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

इरानले इजरायलमा आक्रमण गर्न सक्ने अनुमानपछि भारतसहितका पाँच देशले गरे ‘ट्राभल एड्भाइजरी’ जारी

इरानले इजरायलमा आक्रमण गर्न सक्ने अनुमानपछि भारतसहितका पाँच देशले गरे ‘ट्राभल एड्भाइजरी’ जारी

न्यूजस्टोरी

इरानले इजरायलमा तत्कालै आक्रमण गर्न सक्ने अनुमानपछि भारतसहितका ५ देशले ट्राभल एड्भाइजरी जारी गरेका छन् । नागरिकलाई इरान र इजरायलमा अनावश्यक यात्रा नगर्न आग्रह गरिएको छ ।

भारत, अमेरिका, बेलायत, रुस र फ्रान्सले आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन पनि आग्रह गरेका छन् । भारतले हिजो बेलुका ट्राभल एड्भाइ जारी गरी आफ्ना नागरिकलाई अर्को सूचना नभएसम्म इरान र इजरायलको यात्रा नगर्न आग्रह गरेको बीबीसी हिन्दीले जनाएको छ ।

भारतीय विदेश मन्त्रालयले इरान वा इजरायलमा बस्ने भारतीयले त्यहाँको दूतावासमा सम्पर्क गरी आफूलाई दर्ता गराउन, आफ्नो सुरक्षाका उपायहरु अपनाउन र सकेसम्म बाहिर ननिस्कन भनेको छ । गएको अप्रिल एक तारिखमा इजरायलले सिरियामा इरानी दूतावासनजिकै हवाई आक्रमण गरेको थियो । त्यसपछि इरानले इजरायललाई बदला लिने चेतावनी दिएको थियो ।