मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बरोडा २७ रनले पराजित

बरोडा २७ रनले पराजित

न्यूजस्टोरी

काठमाडौं, २० चैत्र । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपालले बरोडालाई २७ रनले हराएको छ ।

नेपालले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको बरोडाले २० ओभरमा ९ विकेट गुमाएर १ सय २९ रनमात्र बनाउन सक्यो । बरोडका भानु पानियाले ३८, बाबा खानले २७ रन बनाए । बलिङतर्फ नेपालका करण केसीले ३ तथा सोमपाल कामी र अबिनाश बोहराले समान २ विकेक लिए ।

यसअघि गुजरातको वापीमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए । यस्तै सन्दीप जोराले २९ रन बनाए । बलिङतर्फ बरोडका बाबा खानले २ विकेट लिए ।

टी–२० क्रिकेट शृङ्खलामा भोलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा गुजरातलाई ८ विकेटले हराएको थियो । फाइनल खेल चैत २५ गते हुनेछ ।