मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महालेखापरीक्षकमा तोयम राया सिफारिस

महालेखापरीक्षकमा तोयम राया सिफारिस

न्यूजस्टोरी

काठमाडौँ  १८ चैत – महालेखापरीक्षकमा तोयम राया सिफारिस हुनुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो ।

संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिनुभयो । महालेखापरीक्षकमा सिफारिस हुनुभएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयको सचिव हुनुहुन्थ्यो ।