मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

महरालाई राज्यले करुणाभाव देखाएर हाजिरी जमानामा छाडेको हो : गृहमन्त्री रवि लामिछाने

महरालाई राज्यले करुणाभाव देखाएर हाजिरी जमानामा छाडेको हो : गृहमन्त्री रवि लामिछाने

न्यूजस्टोरी

काठमाडौं, चैत । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिरामी भएकाले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई हाजिरी जमानीमा छाडेको बताउनुभएको छ।

सुन तस्करीको कसुरमा प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका महरालाई हाजिरी जामानीमा छोडिएको भन्दै सरकारको आलोचना भइरहेका बेला उपप्रधानमन्त्री लामिछानेले यस्तो बताउनुभएको हो। बिरामी भएर ८/१० वटा औषधी दैनिक सेवन गरिरहेका महरालाई राज्यले करुणाभाव देखाएर हाजिरी जमानामा छाडेकाले त्यसलाई त्यसै छोडिएको भन्न नमिल्ने उहाँको जिकिर थियो। 

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री लामिछानेले भनेको बेलामा उहाँलाई अनुसन्धानका लागि उपस्थित गराउने सक्नेगरी हाजिरी जमानीमा छाडिएकाले त्यसलाई अतिरञ्जित नगर्न सबैलाई आग्रह गर्नुभयो।