मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सवारी दुर्घटनापछि कमेडी च्याम्पियनका विशाल भण्डारी प्रहरीको नियन्त्रणमा

सवारी दुर्घटनापछि कमेडी च्याम्पियनका विशाल भण्डारी प्रहरीको नियन्त्रणमा

न्यूजस्टोरी

काठमाडौं, १० चैत्र  । कमेडी च्याम्पियनका सञ्चालक तथा चलचित्र निर्देशक विशाल भण्डारी सवारी दुर्घटनामा परेका छन्।
उनीसहित दुई जनालाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेर हिरासतमा राखेको छ।शुक्रबार बिहान करिब ३ बजे भण्डारीसहितका ६ व्यक्तिहरू चढेको कार नगरकोट जाने क्रममा भक्तपुरमा विपरीत दिशाबाट आएको टिपरसँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा कमेडियन सुशान बस्यालसहित ४ जना घाइते भएका छन्। सुशानको अवस्था गम्भीर रहेको प्रहरी स्रोतले जनाएको छ। विशाल भण्डारी र पुजन अधिकारीलाई सामान्य चोट लागेको छ।

दुर्घटनापछि प्रहरीले सवारी चालकबारे सोधखोज गरेको थियो। विशाल र पुजनमध्ये कसले गाडी चलाएको निर्क्यौल हुन नसकेपछि प्रहरीले दुवैलाई नियन्त्रणमा लिएको हो। गाडीको अगाडि सिटमा विशाल र पुजन थिए। तर उनीहरूले दुवैले सवारी आफूले नचलाएको बताएका छन्। कारमा सवार भएकाहरूले मापसे गरेको पाइएको स्रोतले उल्लेख गरेको छ।