मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

कांग्रेसले माग्यो गृहमन्त्रीको राजीनामा

न्यूजस्टोरी

काठमाडौं, २ चैत्र । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएका रास्वपा सभापति रवि लामिछानेलाई गृहमन्त्री बनाएको विषयमा प्रधानमन्त्री प्रचण्डसँग जवाफ मागेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद प्रदीप पौडेलले सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएर कस्तो अनुसन्धान हुने भन्दै प्रधानमन्त्री प्रचण्डले जवाफ दिनुपर्ने माग गर्नुभयो । सांसद पौडेलले लामिछानेलाई नैतिकताका आधारमा राजीनामा दिन माग गर्नुभएको हो । प्रधानमन्त्री प्रचण्डको सुशासनको नीतिप्रति आशंका गर्दै उहाँले जुन निकायले छानबिन गर्नुपर्ने त्यही निकायको नेतृत्व आरोपीलाई दिनु अनुचित हुने बताउनुभयो ।