मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शीतलनिवासमा नवनियुक्त ३ मन्त्रीको सपथ

शीतलनिवासमा नवनियुक्त ३ मन्त्रीको सपथ

न्यूजस्टोरी

काठमाडौं, २१ फागुन । नयाँ सत्ता समीकरण बनेपछि नियुक्त गरिएका नयाँ मन्त्रीहरुको सपथ ग्रहण भएको छ ।

राष्ट्रपति निवास शीतल निवासमा नवनियुक्त मन्त्रीहरु पदम गिरी, हितबहादुर तामाङ र डोरप्रसाद अर्यालको सपथ ग्रहण भएको हो ।राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मन्त्रीहरुलाई सपथ दिलाउनुभएको हो । तीन जना मन्त्रीहरुको अहिले कुनै जिम्मेवारी तोकिएको छैन । उनीहरुले विनाविभागीय मन्त्रीको रुपमा सपथ लिएका हुन् ।समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठ लगायतका विशिष्ठ व्यक्तित्वहरु सहभागी थिए ।

कांग्रेससँगको गठबन्धन तोडेर प्रधानमन्त्रीले प्रचण्डले सोमबार बिहान एमाले, रास्वपासहितको नयाँ गठबन्धन बनाएका हुन् ।