मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख यादवमाथि आरोपै आरोप

कृषि अनुसन्धान निर्देशनालय परवानीपुरका प्रमुख यादवमाथि आरोपै आरोप

न्यूजस्टोरी

वीरगञ्ज, १६ कार्तिक । कृषि अनुसन्धान निर्देशनालय, परवानीपुरका कार्यालय प्रमुख डा विश्वेश्वर यादवमाथि कर्मचारी तथा ज्यामीमाथि विभेद, आफन्तलाई विशेष सुविधा, र भवन निर्माणमा अनियमितताका र अकूत कमाएको सम्पत्ति सयकडा तीन प्रतिशत मा ब्याज लगाउने गम्भीर आरोपहरू लागेका छन्।

करिब साढे चार वर्षदेखि कार्यालय प्रमुखको जिम्मेवारीमा रहेका यादवले कार्यालयलाई आफू अनुकूल सञ्चालन गर्दै आएको कार्यरत कर्मचारी तथा ज्यामीहरूले आरोप लगाएका छन्। कार्यालयमा कार्यरत ज्यामीहरूका अनुसार त्यहाँ २६ जना ज्यामी रहे पनि सबैले नियमित रूपमा काम पाउने गरेका छैनन् । बिदाको दिन काम नपाउँदा दैनिक ज्यालामा निर्भर ज्यामीहरू आर्थिक समस्यामा पर्ने गरेको उनीहरूको गुनासो छ।

ज्यामीहरूले दैनिक ज्याला ७६० रुपैयाँ निर्धारण गरिएको भए पनि आफूहरूले ६४० रुपैयाँ मात्रै पाउने गरेको बताएका छन्। उनीहरूका अनुसार कार्यालय प्रमुखका आफन्तलाई भने काममा कडाइ नगरिने र विभिन्न सेवा–सुविधा उपलब्ध गराइने गरिएको छ ।

कार्यालय प्रमुख यादवका भान्जा पर्ने विपिन यादवले काम नगरे पनि तलब तथा अन्य सुविधा पाइरहेको कार्यरत केही ज्यामीको आरोप छ। त्यस्तै, प्रमुखविरुद्ध आवाज उठाउने कर्मचारीलाई सरुवा गर्ने वा कामबाट हटाउने गरिएको आरोपसमेत उनीहरूले लगाएका छन्।

कार्यालय प्रमुख यादवमाथि आफ्ना आफन्तलाई बीउ निःशुल्क उपलब्ध गराउने गरेको आरोपसमेत लागेको छ।

कार्यालय प्रमुख यादवमाथि भवन निर्माण तथा पूर्वाधार व्यवस्थापनमा अनियमितता गरेको आरोप पनि लागेको छ। कर्मचारीहरूका अनुसार करिब ४२ लाख रुपैयाँको लागतमा निर्माण गरिएको स्क्रिन हाउस र ६० लाख रुपैयाँ खर्चेर बनाइएको धान प्रोसेसिङ भवन प्रभावकारी रूपमा प्रयोगमा आउन सकेका छैनन्। कृषि अनुसन्धान तथा उत्पादनसँग सम्बन्धित संरचनामा ठूलो रकम खर्च भए पनि ती संरचना उपयोगविहीन रहेको ले सरकारी लगानीको उपयोगितामाथि प्रश्न उठाएको छ।

निर्देशनालय परिसरमा पालिएका भैँसीको आहार व्यवस्थापनमा समेत लापरबाही भएको कर्मचारीहरूको गुनासो छ। उनीहरूका अनुसार भैँसीका लागि पर्याप्त घाँसको व्यवस्था नहुँदा परालकै भरमा पाल्नुपर्ने अवस्था छ।

निर्देशनालय परिसरमा रहेको तालिम भवनको अवस्था पनि दयनीय रहेको बताइएको छ। भवन वरिपरि झाडी फैलिएको, सरसफाइ तथा मर्मतसम्भारमा ध्यान नदिइएको र भवनसम्म पुग्ने बाटोसमेत जीर्ण रहेको कर्मचारीहरूको गुनासो छ।

सखुवा परशौनी वडा नं. ५ बलुवा मूल घर भएका डा। विश्वेश्वर यादव हाल दरबारजस्तो भव्य र आलिशान महल निर्माणमा जुटेका छन्। वीरगन्ज शहरमा मात्र तीनवटा घर, महुवानमा थुप्रै जग्गा, र काठमाडौंमा घडेरीको व्यवस्था गरेका छन् । श्रीमती बबिता देवीको नाममा सम्पत्ति थुपारेर सर्वसाधारण जनतालाई करोड भन्दा बढी रकम ब्याजमा लगानी गराइएको छ ।

प्रायः सबै राष्ट्रिय पार्टीको साधारण सदस्यताको रसिद काटेर बगलीमा बोकर हिँड्ने यादव घरबाट निस्कँदा कोटको खल्तीमा ४र५ वटा खादा अनिवार्य बोकर हिँड्ने गरेको र काठमाडौँ सिंहदरबार जाँदा ब्यागभरी खादा माला बोकर जाने गरेका छन्। बाटोमा समेत कुनै भीआईपी भेट भयो भने तुरुन्तै गाडीको ढोकाबाट हाम फालेर खादा लगाउने बानीको कारण चालकसमेत हैरानीमा परेको गुनासो छ। साभार : हाम्रो कुरा डटकम