मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिए बारा जिल्लाबाट तस्करीको लाईन, बाराको छतवा नाकाबाट ठुलो मात्रामा लता कपडाको तस्करी

सशस्त्र प्रहरी र नेपाल प्रहरीले दिए बारा जिल्लाबाट तस्करीको लाईन, बाराको छतवा नाकाबाट ठुलो मात्रामा लता कपडाको तस्करी

न्यूजस्टोरी

बारा, १ कार्तिक । वारा जिल्लाको छतवा लगायतका नाकाहरुबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको मिलोमतोमा ठुलो मात्रामा लता कपडाको तस्करी भइरहेको समाचार प्राप्त भएको छ।

बाराको इलाका प्रहरी कार्यालय छतवा अन्तर्गतका विभिन्न सीमा नाकाबाट भारतबाट नेपालतर्फ र नेपालबाट भारततर्फ विभिन्न प्रकारका सामानको अवैध ओसारपसार भइरहेको छ।

वाराको नेपाल भारतमा पर्ने नाका छतवा, खेखरीया, कल्याणपुर र घोडासहन आदर्श चोकलगायतका नाकाबाट लता कपडा, खाद्यान्न, पेय पदार्थ, कपडा, चकलेट, सुर्तीजन्य पदार्थ, रजनिगन्धा, राजनिवास, सट हार्डवेयर सामग्री, लसुन, स्याउ, कुखुराको चल्ला, तथा मोबाइलका पार्टपुर्जाको ओसारपसार सशस्त्र प्रहरीको मिलेमतोमा हुने गरेको स्थानियहरुले आरोप लगाएकाछन ।

स्थानीय स्रोतका अनुसार ती नाकाबाट दैनिक रूपमा विभिन्न सामानको ओसारपसार हुने गरेको दावी गरेका छन् ।

वारा जिल्ला लगायतका नेपाल भारतमा रहेको सिमानाकाहरुमा अवैध रुपमा ओसारपसार र सिमाको सुरक्षा एवम नियन्त्रण गर्नका लागि सशस्त्र प्रहरीका विओपीहरु स्थापना गरेपनि
विभिन्न नाकाबाट प्रहरी कै मिलोमतोमा अहिले सो नाकाबाट तस्करहरुलाई तस्करी गर्नका लागी छुट द्वय प्रहरीले दिएका छन्।

स्रोतले दिएको जानकारीअनुसार छतवा नाकाबाट प्रेम र मुकेश पासवानले काजु, घिराजले किराना सामान, नरेश, गणेश र महेशले चकलेट तथा राकेशले लता कपडा लगायत भन्सार छलेर अवैध रुपमा तस्करीका सामान भित्रयाउने गरेको दाबी गरिएको छ।

त्यसैगरी, खेखरीया नाकाबाट सरोजले हार्डवेयर सामग्री, कल्याणपुर नाकाबाट सुरजले सुर्तीजन्य पदार्थ, राजन पटेलले कपडा तथाजयरामले कपडाको ओसारपसार गर्ने गरेको स्रोतको दाबी रहेको छ।
वाराको सो नाकाबाट लाखौ रुपैयाँ मुल्य बराबरको राजनीगन्धालगायतका सुर्तीजन्य पदार्थसमेत भित्रिने गरेको बताइएको छ।

दैनिक सो नाकाबाट अवैध सामानको ओसारपसारमा सयौंको संख्यामा नेपाल भारतका तस्करहरु समेत संलग्न रहेको दाबी समेत स्थानीयहरुले गरेकाछन ।

सो ईलाकावाट अवैध रुपमा तस्करी हुदा इलाका प्रहरी कार्यालय छतवामा कार्यरत सशस्त्र प्रहरीका विओपी प्रमुख र नेपाल प्रहरीको प्रहरी नायब निरीक्षक कृष्णानन्द ठाकुरको भूमिकामाथि प्रश्न उठाउँदै मासिक रूपमा लाखौ रुपैयाँ रकम उठाउने गरिएको आरोपसमेत स्रोतले लगाएको छ।

स्रोतका अनुसार प्रहरी नायब निरीक्षक ठाकुरले प्रहरी वरिष्ठ हवल्दार रुपन पण्डितलाई घुमुवा प्रहरीका रूपमा परिचालन गरी दैनिक तथा मासिक अवैध रूपमा रकम संकलन गराउने गरेको आरोप छ।

नेपालबाट भारततर्फ पनि तस्करहरुले अवैध रुपमा वाराका सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई नजराना बुझाएर सामान लैजाने गरेको दाबी समेत गरेका छन्।

स्रोतका अनुसार कल्याणपुर क्षेत्रको नहर आसपासको बाटो प्रयोग गरी नेपालबाट भारततर्फ पनि विभिन्न सामान लैजाने गरिएको छ।

उक्त बाटो हुँदै राकेशले चाइनिज लसुन तथा स्याउ र आकाशले चाइनिज लसुन भारततर्फ लैजाने गरिएको नाम नछाप्ने सर्तमा एक स्थानीयले बताएकाछन् ।

सीमा क्षेत्रमा हुने भनिएको यस्तो गतिविधिले सीमा सुरक्षा, राजस्व संकलन तथा अवैध व्यापार नियन्त्रणसम्बन्धी जिम्मेवारी निर्वाहको अवस्थाबारे थप प्रश्न उठाएको छ।

प्रहरीको भूमिकाबारे छानबिनको माग स्थानीयले गरेको बताएका छन्।
इलाका प्रहरी कार्यालय छतवामा कार्यरत प्रहरी वरिष्ठ हवल्दार रुपन पण्डितमाथि विभिन्न व्यक्तिबाट रकम उठाएर सामानको ओसारपसारमा सहजीकरण गर्ने गरेको आरोप लगाएको छ।

स्रोतले बताए अनुसार उनले मासिक रूपमा रु। १ लाखदेखि रु। ३ लाखसम्म रकम उठाउने गरेको दाबी समेत गरेको छ।

यसरी वाराको छतवा, मुसहरवा, बलिरामपुर, मटिअर्वा लगायतका नाकाहरुबाट दैनिक रुपमा करौडौं रुपैयाँ मुल्य बराबरको भन्सार छलीका सामान भित्रिने गरेपछी जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरीको १२ नम्वरका प्रमुख माथी प्रश्न चिन्ह खडा भएको छ। यस समबनधमा माथिल्लो निकायको ध्यान जान जरुरी देखिएको छ ।

यदी यस तर्फ माथिल्लो निकाएको ध्यान समयमा गएन भने राज्यको करौडौं रुपैयाँ भन्दा बढीको राजश्व गुम्ने सम्भावना रहेको छ ।