वीरगञ्ज, २७ भाद्र । प्रहरी चौकी परवानीपुरमा कार्यरत प्रहरी सहायक हवल्दार सोपेन्द्र यादवमाथि सवारीसाधन, कलकारखाना तथा तस्करीका सामान ओसारपसार गर्नेहरूसँग रकम असुली गरेको आरोप लागेको छ।
स्थानीय स्रोतका अनुसार परवानीपुर चोक क्षेत्रमा तस्करहरु लगायत विभिन्न किसिमको चेकजाँचको वीरगन्जबाट काठमाडौं पोखरा नारायणगढ लगायत जाने नेपाली गाडी तथा भारतिय गाडीहरु सँग कुनै पनि बहानामा सवारीसाधन रोकेर प्रतिगाडी १ सयदेखि १ हजार रुपैयाँसम्म रकम लिने असुल्ने गरेको पाइएको हो ।
भारतबाट पर्साको सिमावर्ती क्षेत्र छपकैया अलौ वरवा अमरपटी प्रसौनी लगायत विभिन्न नाकाबाट अवैध रूपमा तस्करले भित्राएका तसकरीका सामान लिएर जाने तस्करहरु सँग लाखौ रकम महिनावारी असुल्ने गरेको आरोप स्थानियहरुले लगाएका छन् ।
तस्करहरुले भारतवाट अवैध रुपमा नेपाल भित्रायाएर परवानीपुर हुदै जितपुर सम्म पुर्याउने गरेकाछन ।
तस्करहरुले महिनावारी वापत रकम नदिएको खण्डमा बाटोमा त्यस्ता सामान नियन्त्रणमा लिएर रकम लिएपछि छाड्ने गरिएको स पो स्रोत ले जनाएको छ ।
परवानीपुर प्रहरी चौकीका प्रहरी नायब निरीक्षक मानबहादुर अधिकारीले कलकारखाना, सवारीसाधन तथा तस्करीसँग सम्बन्धित गतिविधिबाट रकम उठाउन यादवलाई परिचालन गरेको समेत हाम्रो समाचार स्रोतले जनाएको छ ।
स्रोतका अनुसार पर्साका छपकैया, अलौ, अमरपाटी, प्रसौनी भाठा, सबैठवा, भिस्वा, जनकिटोला तथा बाराका मुशहरवा, बलिरामपुरलगायत नाकाबाट सामान भित्र्याएर जितपुरसम्म पुर्याउने केही तस्कर सँग मासिक १० हजारदेखि १ लाख रुपैयाँसम्म रकम उठाउने आरोप छ।
स्थानीय व्यवसायीहरूले ट्रान्सपोर्ट व्यवसायी, कपडा व्यापारी, चकलेट–बटर चिज रजनीगन्धा सुर्ती तथा चिनी कारोबारी र गोदाम सञ्चालक समेतबाट नियमित महिनावारी रकम उठाउने गरिएको आरोप समेत लगाएका छन्।
पर्साको बर्वा अमरपटी नाकाबाट तारकेश्वर भन्नेले भारतवाट परवानीपुर सम्म रजनिगन्धा राजनिवास तस्करी गर्ने गरेका छन्।
सो वापत परवानीपुरका घुमुवा दिपेन्द्रले ५० हजार महिनावारी लिएको स्रोतले जनाएको छ ।
एक व्यवसायीले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘मासिक रकम नदिए ट्रान्सपोर्ट ढुवानीमा समस्या हुन्छ उनले भने ।
सामान चेकजाँचका नाममा अनावश्यक हैरानी दिने गरेको व्यापारीले नाम उल्लेख नगर्ने सर्तमा हामीलाई दुखेसो पोखेका छन्।
व्यवसायीहरूका अनुसार रकम नदिनेहरूलाई सवारी चेकिङको बहानामा सामान रोक्ने तथा अन्य प्रशासनिक दबाब दिने समेत गरिएको पाइएको छ।
यादव यसअघि प्रहरी चौकी छपकैयामा घुमुवाका रूपमा कार्यरत रहँदा पनि आर्थिक लेनदेनसम्बन्धी आरोप लागेको र त्यसपछि जिल्ला तानिएका थिए।
लामो समयदेखि पर्सामा कार्यरत यादव पुनः विभिन्न स्थानमा घुमुवाका रूपमा परिचालित हुँदै आएको आरोपसमेत लागेको छ।
यादवले तस्करहरु सँग प्रती साईकल ५ हजार देखि १० हजार रुपैयाँ मोटरसाइकलमा तस्करी गर्नेहरु सँग १५ हजार रुपैयाँ देखि २५ हजार रुपैयाँ अवैध रुपमा रकम असुल्ने गरेको समाचार स्रोतले जनाएको छ।
यस विषयमा प्रतिक्रिया लिन प्रहरी सहायक हवल्दार सोपेन्द्र यादवसँग सम्पर्क गर्दा उनले आफू घुमुवा प्रहरी नभएको बताए।
उनले आफूलाई प्रहरी नायब निरीक्षकले तोकेको स्थानमा ड्युटी गर्ने गरेको बताएकाछन् ।


प्रतिक्रिया