मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सदस्यता शुद्धीकरण र नयाँ सदस्यको माग गर्दै नेपाल पत्रकार महासंघ पर्सामा तालाबन्दी

सदस्यता शुद्धीकरण र नयाँ सदस्यको माग गर्दै नेपाल पत्रकार महासंघ पर्सामा तालाबन्दी

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगंज, १६ जेष्ठ
नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धीकरण तथा नयाँ सदस्यता वितरणको माग गर्दै जारी आन्दोलन अन्तर्गत शुक्रबार दिउसो महासंघको कार्यालयमा तालाबन्दी गरेको छ।
पूर्व घोषित कार्यक्रमअनुसार पत्रकार संघर्ष समितिले शुक्रबार महासंघ पर्साको मूल गेटमा तालाबन्दी गरेको हो।
संघर्ष समितिले दुई दिनदेखि जारी धर्ना कार्यक्रमप्रति महासंघ पर्सा नेतृत्वले कुनै चासो नदेखाएको आरोप लगाउँदै संघर्ष समितिले आन्दोलनलाई थप कडा बनाउदै आज पत्रकार महासंघ पर्साको मुल गेटमा ताला बन्दी गरेको जनाएको छ।

संघर्ष समितिका संयोजक अनुप तिवारीको नेतृत्वमा पुगेको टोलीले महासंघ कार्यालयमा तालाबन्दी गरेको हो।
समितिले सदस्यता वितरण प्रक्रियालाई पारदर्शी, निष्पक्ष र व्यवस्थित बनाउनुपर्ने माग राखेको छ।

संयोजक तिवारीले पत्रकारहरूको हकहित र महासंघको शुद्धीकरणका लागि आन्दोलन जारी रहेको बताउँदै माग पूरा नभएसम्म संघर्ष नरोकिने चेतावनी दिनुभयो।
उहाँले सदस्यता शुद्धीकरण गरी योग्य पत्रकारलाई नयाँ सदस्यता वितरण गर्न महासंघ नेतृत्वसँग पुनः आग्रह गर्नुभएको छ।

पत्रकार संघर्ष समितिले आगामी दिनमा थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने समेत जनाएको छ।
सँघर्ष समितिले आफ्नो माग पुरा नभएको खण्डमा यो भन्दा पनि ठुलो सस्कत आन्दोलन गर्ने सँघर्ष समितिका अध्यक्ष तिवारीले चेतावनी दिएको छ।