मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ब्राउन सुगर सहित एक युवक ईलाका प्रहरी कार्यालय पोखरियाको नियन्त्रणमा

ब्राउन सुगर सहित एक युवक ईलाका प्रहरी कार्यालय पोखरियाको नियन्त्रणमा

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगन्ज, १३ जेष्ठ
ईलाका प्रहरी कार्यालय पोखरियाले ब्राउन सुगर सहित एक युवकलाई नियन्त्रणमा लिएको छ।

पर्साको पोखरिया नगरपालिका–९ बाट ईप्रका प्रहरीले ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरिक्षकको टोलीले एक घरमा छापा मारीगरी एक युवकलाई पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक प्रदीप पौडेलको नेतृत्वमा खटिएको प्रहरी टोलीले राति करिब ११ः३० बजे पोखरिया–९ स्थित एक टहरामा लागुऔषधको कारोबार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरी परिचालन गरि लागु औषध खैरो हिरोइन सहित एकजनालाई नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

शनिबार प्रहरीले शंकास्पद स्थानमा खानतलासी गर्ने क्रममा ५ दशमलव ५ ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीले जनाएको छ ।
उक्त लागु औषध खैरो हिरोइन सहित पक्राउ पर्नेमा सोही ठाउका स्थानीय अन्दाजी २० वर्षको विशाल राउत कम्करलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद गरिएको पदार्थ आवश्यक परीक्षणका लागि सम्बन्धित निकायमा पठाइने तैयारी भैरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका युवकलाई इलाका प्रहरी कार्यालय पोखरिया राखी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान अघि बढाइएको ईलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदिप पौडेलले जनाएका छन् ।

प्रहरीका अनुसार पछिल्लो समय पर्साका विभिन्न क्षेत्रमा लागुऔषध कारोबार तथा सेवन बढ्दै गएको गुनासो आएपछि पर्सा प्रहरीले विशेष निगरानी र अभियान सञ्चालन गर्दै आएको जनाएको छ ।