शेखर छत्कुली
वीरगन्ज, ११ जेष्ठ । नेपाल पत्रकार महासंघ पर्सामा सदस्यता शुद्धिकरण तथा नयाँ सदस्यता बितरणका लागि गठित संघर्ष समितिले नेपाल पत्रकार महासंघ केन्द्रिय कार्यालय तथा मधेश प्रदेशलाई आज एक कार्यक्रम बिच ध्यानाकर्षण पत्र बुझाएको छ ।
वीरगन्जमा पत्रकार महासंघ पर्सा शाखामा पत्रकारहरुले गठन गरेको संघर्ष समितिका संयोजक अनुप तिवारीले केन्द्रिय सचिव अशोक तिवारी तथा मधेश प्रदेश अध्यक्ष श्याम बंजारालाई बुझाईएको हो । ज्ञापन पत्र बुझदै केन्द्रिय सचिव तिवारीले संघर्ष समितिले उठाएको माग प्रति केन्द्र पुर्णरुपमा साकारात्मक रहेको प्रतिक्रिया दिएकछन ।
यो अभियान केन्द्रको समेत रहेकोले पर्साको आन्दोलनमा साथ रहेको केन्द्रिय सचिव तिवारीले बताएकाछन् ।

पर्सामा निस्क्रिय तथा बिवादमा रहेका सदस्यहरुलाई छानबिनको दायरामा ल्याउने बिषयमा आफनो साथ सहयोग रहने उनको भनाई थियो ।
यसै बिच, संघर्ष समितिले मधेश प्रदेशका अध्यक्ष बंजारालाई पनि ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापन पत्र बुझदै प्रदेश अध्यक्ष बंजाराले पर्साका हालको कार्यसमितिलाई शुद्धिकरणको बिषयमा अविलम्ब बैठक गरी कार्य अगाडि बढाउन अनुरोध गरेका छन । जिल्लाबाट सर्वसहमतीमा नाम सिफारिस गर्न प्रदेश अध्यक्ष बंजाराले बताए ।
सोमबार नेपाल पत्रकार महासंघ पर्साको सभाहालमा ज्ञापन पत्र बुझाउने समय संघर्ष समितिका सह संयोजक शेखर छतकुल्ली, सदस्य लालकिशो सिंह, बिरेन्द्र साह हिटलर, राजेन्द्र सिंह, संतोष पटेल, कृष्णा कुशवाहा, मनोज कुमार मिश्रलगायतको सहभागीता रहेको थियो ।
आफ्नो माग पूरा नभएसम्म सँघर्ष समितिका अध्यक्ष तिवारीले आन्दोलन जारी रहने बताएका छन्।
यसैगरी संघर्ष समितिका संयोजक अनुप तिवारलिे भोलि मंगलबार देखि आन्दोलनको कार्यक्रम अनुरुप नेपाल पत्रकार महासंघ पर्सा शाखाको मुल गेटमा धर्ना दिने बताएका छन । मंगलबार ११ बजे देखि १२ बजे सम्म धर्ना कार्यक्रम हुने संयोजक तिवारीले बताएका छन ।


प्रतिक्रिया