मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लामिछानेलाई नेता चयन गर्न रास्वपा संसदीय दललाई केन्द्रीय समितिको निर्देशन

लामिछानेलाई नेता चयन गर्न रास्वपा संसदीय दललाई केन्द्रीय समितिको निर्देशन

न्यूजस्टोरी

काठमाडौं । रवि लामिछानेलाई संसदीय दलको नेता चयन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिले संसदीय दललाई निर्देशन दिएको छ। सोमबार पार्टी कार्यालयमा बसेको बैठकले सर्वसम्मत रुपमा लामिछानेलाई नै संसदीय दलको नेता चयन गर्न विधान बमोजिम निर्देशन दिएको महामन्त्री मुकुल ढकालले जानकारी दिनुभयो । ३ बजे संसदीय दलको बैठक बस्दैछ निर्णयलाई अनुमोदन गर्नका लागिु, उहांले भन्नुभयो । नागरिकता विवादमा दोषी ठहर भएपछि लामिछानले सांसद पद गुमाउनु भएको थियो । त्यससँगै मन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता जस्ता पद पनि गुमेको थियो। त्यतिबेला डीपी अर्याललाई संसदीय दलको नेता बनाइएको थियो।

वैशाख १० गते भएको उपनिर्वाचनमा लामिछाने पुनः विजयी भएपछि अर्यालले शनिबार संसदीय दलको नेताबाट राजीनामा दिनुभएको थियो । अर्यालले विषम परिस्थितिमा संसदीय दलको नेतृत्वको रुपमा खेलेको भूमिकाप्रति विशेष धन्यवाद दिइएको ढकालले बताउनुभयो । रास्वपाको केन्द्रीय समिति बैठकले विभिन्न विभागहरू गठन, विभागहरूको अध्यावधिक र विभागका नेतृत्व चयन गरेको छ।