मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

च्यासलमा सचिवालय बैठक चलिरहँदा एमाले कार्यकर्ताहरु सडक संघर्षमा

न्यूजस्टोरी

काठमाडौं, १४ चैत्र । अध्यक्ष केपी शर्मा ओलीलाई प्रहरीले पक्राउ गरेको विषयमा धारणा बनाउन नेकपा एमालेका नेताहरु पार्टी मुख्यालयमा जुटिरहैबेला एमाले कार्यकर्ताहरु भने पक्राउका विरोधमा सडमा उत्रिएका छन् । एमाले केन्द्रीय कार्यालयमा सचिवालय बैठक चरिहेका बेला कार्यकर्ताहरु सरकारका विरुद्ध प्रदर्शनमा उत्रिएका हुन् ।

ओली पक्राउको विरोधमा संघीय राजधानी काठमाडौंमा एमाले कार्यकर्ताहरुको प्रदर्शन सुरू भएको छ । एमालेका कार्यकर्ताहरू काठमाडौंको चावहित क्षेत्रमा सडक प्रदर्शनमा उत्रिएका हुन् । उनीहरूले सरकारविरूद्ध चर्को नाराबाजी गरिरहेका छन् ।

सरकारले शनिबार बिहानमात्रै अध्यक्ष ओलीलाई पक्राउ गरेको थियो । पक्राउ लगत्तै एमाले नेताहरूले अब सडक प्रदर्शनमा उत्रने प्रतिक्रिया दिएका थिए । त्यसपछि पार्टीले औपचारिक निर्णय गर्नका लागि बैठक गरिरहेको छ ।।

अध्यक्ष ओली पक्राउ सम्बन्धमा सचिवालय बैठकले पार्टीको धारणा स्पष्ट गर्दै संघर्षका कार्यक्रम तय गर्ने एमाले सचिव महेश बस्नेतले बताएका थिए ।