मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

चौथो रत्नप्रिय कपको उपाधि संकटालाई

चौथो रत्नप्रिय कपको उपाधि संकटालाई

न्यूजस्टोरी

किरण कुँवर
चितवन, ३ चैत्र ।
संकटा फूटवल क्लव काठमाडौंले चौथो रत्न प्रियकपको उपाधी उचालेको छ । चितवनको रत्ननगर स्थित टिकौलीचौरमा भएको फाइनल खेलमा पद्मा स्पोर्टस क्लव ओखलढुङ्गालाई ५-१ को फराकिलो गोल अन्तरले हराउँदै संकटाले उपाधि आफ्नो पोल्टामा पार्न सफल भएको हो ।


फागुन २५ गतेबाट सुरु भएको रत्नप्रिय महिला फुटवल प्रतियोगितामा ८ क्लवले सहभागिता जनाएका थिए । खेलमा रत्नप्रिय क्लवकी सलिफा मियाँले उदयमान खेलाडीको उपाधी स्वरुप साइकल प्राप्त गर्न सफल भइन ।


रत्ननगर नगरपालिका प्रर्वद्धक रहेको प्रतियोगिताको संरक्षक भने रत्ननगर नगरपालिकाको वडा नंं. ९ को कार्यालय रहेको थियो । प्रतियोगिताले महिला खेलाडी प्रतिको सम्मान र मनोवल बढाउन उल्लेख्य भुमिका खेलेको आयोजकको दावी छ ।