मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

मतदाताको फैसला स्वीकार्य छ : विश्वप्रकाश शर्मा

न्यूजस्टोरी

काठमाडौं, २२ फागुन । प्रतिनिधिसभा निर्वाचनको मतगणना जारी रहँदा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मतदाताको फैसलालाई स्वीकार गर्ने बताएका छन्।

उपसभापति शर्माले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मतदाताको फैसला सम्मानयोग्य रहेको उल्लेख गरेका हुन्।

उनले विगतमा ‘बुलेट’बाट उदाएको माओवादीलाई स्वागत गर्दा अपनाइएको संयम सम्झँदै अहिले ‘ब्यालेट’मार्फत उदाउँदै गरेको रास्वपालाई पनि स्वागत गर्नुपर्ने बताएका छन्।

शर्माले २०७९ सालमै देखिएको राजनीतिक संकेतका दृष्टिले अहिलेको अवस्था अप्रत्याशित नभएको पनि उल्लेख गरेका छन्। साथै उनले नयाँ शक्तिप्रति देखिएको चर्को आशा फेरि निराशामा बदलिन नहुने भन्दै देशका मूल प्रश्नहरूमा समर्थन र खबरदारी दुवै रहने धारणा व्यक्त गरेका छन्।

उनले लोकतान्त्रिक प्रक्रियाप्रति प्रतिबद्धता व्यक्त गरेका छन्।