मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा पार्टीको नेतृत्वमा सरकार बने मात्र देशमा बिकास हुने र जेएनजी माग सम्बोधन हुने उम्मेदवार मनोज चौधरी

नेकपा पार्टीको नेतृत्वमा सरकार बने मात्र देशमा बिकास हुने र जेएनजी माग सम्बोधन हुने उम्मेदवार मनोज चौधरी

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगञ्ज, १८ माघ । नेकपा पार्टीका उम्मेदवार मनोज चौधरीले आफ्नो पार्टीको नेतृत्वमा सरकार बने मात्र देशमा बिकाश हुने र जेएनजी माग सम्बोधन हुने बताएकाछन्।
नेकपा पार्टीका तर्फबाट निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवार बनेका चौधरीले जेएनजीको माग नेकपा पार्टीले मात्र पुरा गर्ने बताएका हुन्।

चौधरीले घर दैलो कार्यक्रम वीरगन्ज महानगरपालिका वडा नम्वर १८ अलौमा मतदाताहरुलाई रिझाउदै आफु जितेर गएपछी मतदाता माग अनुसार र चाहना अनुसार काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
उम्मेदवार मनोज चौधरी वीरगन्ज १७ अलौ कै वासीपनी हुन ।
उम्मेदवार चौधरीले निर्वाचन क्षेत्र नम्बर २ को अलौमा घर दैलो कार्यक्रम गर्दै आफुलाई मत दिएर विजयी गराउन आफना गाउँका मतदाताहरुलाई आग्रह समेत गरेका छन्।
घर दैलो कार्यक्रममा मतदाताहरु सँग कुरा गर्दै उम्मेदवार चौधरीले आफु निर्वाचित भएमा यस क्षेत्रका जनताहरु हरेक सुख दुःखमा उभिएर काम गर्ने बताएका छन् ।
उहाले आफु बिधार्थी काल देखि नै राजनीतिकमा सक्रिय रहदै आएको बताउदै यो क्षेत्रका उम्मेदवारहरु मध्ये आफु स्वक्ष छवीको उम्मेदवार रहेको दावी समेत गरेका थिए।
उम्मेदवार चौधरीले नेकपाको नेतृत्वमा मात्रै सरकार वने देशले समग्र विकासको गती लिने बताउदै जेएनजी पुस्ताको चाहना र आवश्यकता अनुसार काम गर्न सक्ने छमता नेकपा पार्टीमा मात्र रहेको जिकिर गर्नुभयो। चौधरीले आफू पहिलो पटक प्रतिनिधिसभामाको निर्वाचनमा भाग लिएको बताउदै पार्टीको बिभिन्न भातृ सँगठनमा बसेर काम गरेका एक युवा र सफल नेता हुन ।