शेखर छतकुली
वीरगञ्ज, १६ माघ । जसपाका वीरगंज महानगर अध्यक्ष ईश्वर यादव सहित १ सय भन्दा बढी अगुवा कार्यकर्ताहरू एमाले पार्टीमा आज प्रवेश गरेका छन ।
वीरगञ्ज महानगरपालिका–१५ मा नेकपा एमालेले शुक्रवार पार्टी प्रवेश कार्यक्रम आयोजना गरेपछी यादव सहित सयौंको सँख्यामा एमालेमा प्रवेश गरेका हुन् ।
वीरगन्ज महानगरपालिका वडा नम्वर १५ लछुमनवामा यसअघि जसपा नेपालको प्रभाव क्षेत्र मानिँदै आएको वडाबाट सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश भएका छन्।
पार्टी प्रवेश कार्यक्रममा विशेष रूपमा सम्पन्न कार्यक्रममा एमाले पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य विजय सरावगी, जिल्ला अध्यक्ष डा। विश्वम्भर शर्मा, सचिव महेश दास, पुरुषोत्तमलाल झा, गगनदेव पटेल तथा उमेशलाल सहनी लगायत नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सो पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै एमाले नेताहरूले हाल देखिएको जन समर्थनले पार्टी प्रति जनताको बढ्दो विश्वास बढेको बताए ।
एमाले पर्साका नेताहरुले संगठनलाई अझ मजबुत बनाउँदै आगामी निर्वाचनमा सूर्य चिन्हलाई विजयी गराउने गरी एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
आयोजकका अनुसार कार्यक्रममा स्थानीय तहका कार्यकर्ताको उत्साहजनक सहभागिता रहेको थियो ।
वीरगञ्जमा एमालेको संगठन थप सुदृढ बन्दै गएको संकेत गरेको नेताहरुले दावी गरेकाछन् ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्रहरुमा वडागत रुपमा पार्टी प्रवेशको कार्यक्रम संचालन हुने पर्साका सचिव महेश दासले बताएका छन् ।
अहिले पर्सा जिल्लाको चारवटै निर्वाचन क्षेत्रहरुमा विभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गर्ने लहर नै चलेको एमाले पार्टी पर्साका अध्यक्ष शर्माले जानकारी दिनुभयो।
एमाले पर्साका नेताहरुले बताए अनुसार जसरी अहिले नेकपा एमाले पार्टीमा प्रवेश गर्ने लहर चलेको छ यो हिसावले पर्साको ४ वटै क्षेत्रहरुमा एमाले वीजयी सँकेत देखिएको पर्साका एमाले नेताहरुले दावी गरेका छन् ।


प्रतिक्रिया