मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान संघियता र मधेशका मुद्धा जोगाउन एमालेबाट मधेशमा आफ्नो उम्मेदवारी : प्रदिप यादव

संविधान संघियता र मधेशका मुद्धा जोगाउन एमालेबाट मधेशमा आफ्नो उम्मेदवारी : प्रदिप यादव

न्यूजस्टोरी

शेखर छतकुली
वीरगंज ७ माघ ।
नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर १ का उम्मेदवार प्रदिप यादवले संविधान, संघियता र मधेशको मुद्दा बचाउनका लागी आफुले एमालेबाट उम्मेदवारी दिएको बताएका छन् ।

आसन्न फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनका लागी नेकपा एमालेको तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता गराउने क्रममा सन्चारकर्मीहरु सँग कुरा गर्दै यादवले यस्तो बताएका हुन् ।

जसपा नेपाल छाडेर नेकपा एमालेको टिकट पाएका उम्मेदवार यादवले आफु नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनमा संविधानको रक्षा गरेको हुनाले उहाको कार्यशैलीले गर्दा आफु प्रभावित भएर नेकपा एमालेमा प्रवेश गरेको बताए ।

उनले आफु मधेश र मधेशीको मुद्दाका लागि आफ्नो उम्मेदवारी नेकपा एमालेवाट रहेको बताएका छन् ।

पर्सेली सन्चारकर्मीहरु सँग कुरा गर्दै यादवले मधेसीहरुको माग नेकपा एमाले ले मात्र पुरा गर्ने बताए ।

पुर्व मन्त्री समेत रहेका यादवले आफु खानेपानी मन्त्री रहको बेला वीरगन्ज लगायत पर्साको विभिन्न गाउँ गाउँमा चापाकल सुकेर धारामा पानी आउन छाडेपछि वडा वडा देखि टोल टोलमा डिप बोरिङ गरेर पर्सेली जनताहरुको घरघरमा पानी पुर्याएर जनताहरुको समस्या समाधान गरेको समेत बताए ।

यादव २०७० सालको प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमालेका विचारी यादव सँग पराजित भएका थिए भने २०७४ सालको प्रतिनिधि सभाको निर्वाचनमा नेपाली काँग्रेसका अनिल रुगटालाई पराजित गरेका थिए भने २०७९ सालको निर्वाचनमा नेकपा एमालेको गठबन्धनबाट स्वतन्त्र उम्मेदवार अजय दुवेदीलाई हराएर पर्सा क्षेत्र नम्बर १ बाट २ पटक निर्वाचित र ३ पटक यादव मन्त्री समेत बनि सकेका छन् ।

अगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा आफुले फेरी पर्सा जिल्लाको मतदाताले माया गरेर मतदान दिई बिजय गराउने यादवले दावी गरेका छन् ।