मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

८८ औं जिल्ला तेकवान्दो प्रतियोगिता, यू कुमरोज तेकवान्दो डोजाङ प्रथम

८८ औं जिल्ला तेकवान्दो प्रतियोगिता, यू कुमरोज तेकवान्दो डोजाङ प्रथम

न्यूजस्टोरी

किरण कुँवर
चितवन, १४ मंसिर । ८८ औं जिल्ला तेकवान्दो प्रतियोगिता चितवनको खैरहनीमा सम्पन्न भएको छ ।
न्यू स्टार तेकवान्दो डोजाङले आयोजना गरेको उक्त खेलमा एकसय भन्दा बढि प्रतियोगिले भाग लिएका थिए । यहि शुक्रवार र शनिवार गरेर आयोजना गरिएको प्रतियोगितामा एकसय डोजाङका ३५० महिला र पुरुष खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगितामा न्यू कुमरोज तेकवान्दो डोजाङले पहिलो स्थान पक्का गर्दा अतिथिको रुपमा धादिबाट चितवन गएर खेलेको धादिङ तेकवान्दो डोजाङ दोस्रो हुन सफल भएको छ ।

त्यस्तै, खेलमा निकै प्रभावशाली मानिएको खैरहनी डोजाङभने तेस्रो भएको छ । कार्यक्रममा बोल्दै खैरहनी नगरपालिकाका जनप्रतिनिधि नवराज भुषालले खेलप्रतिको लगावले खेलाडीमात्रै नभएर सिगो समाज समेत लाभान्दित हुने बताउनुभयो ।

चितवन खेलक्षेत्रमा निकै अघि रहेको उल्लेख गर्दै स्थानीय प्रतनिधि भुषालले खेलक्षेत्रमा स्थानीय तह जुनकुनै सहयोग गर्न पनि तयार रहेको बताउनुभयो ।