किरण कुँवर
चितवन, ५ मंसिर । निकै लामो छलफल पछि रत्ननगर नगरपालिकाले खानेपानीको महशुल घटाएको छ ।
रत्ननगर नगारपालिका र खानेपानीसँस्था बीचको छलफल पश्चात खानेपानीको महशुल घटाउने कुरामा सहमती जुटेको हो । खानेपानीको प्रत्येक महशुलमा ८० रुपौयाँ छुटका साथै एकहजार लिटर सम्मको पानीको सुविधालाई निशुल्क गरिएको छ ।
खानेपानीको छुटपश्चात बोल्दै रत्ननगर नगरपालिका वडा नं १ का अध्यक्ष कुलप्रसाद सापकोटाले स्थानीयको आधारभूत आवश्यक्ताका विषयमा आँफूले संधै कुरा उठाउँने गरेको बताउनुभयो । खानेपानीको महशुल छुटले पनि स्थानीय वासिन्दामा स्थानी सरकारको अनुभूती गराउन सकिने सापकोटाको भनाइ छ ।
एक फरक प्रसंगमा कुरा गर्दै अध्यक्ष सापकोटाले स्थानीयबाट रत्तनगरमै नहरको सिंचाइको सरकारी जग्गा मिचिएको भन्दै उक्त जग्गाको विषयमा समेत वडाले कडा कदम चाल्ने समेत बताउनुभयो । कार्यक्रममा खानेपानीको महशुल छुलको विषयलाई लिएर स्थानीयमा निकै खुसीको माहोल बनेको थियो ।


प्रतिक्रिया