शेखर छत्कुली
वीरगंज, १६ कार्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले असोज ७ देखि कात्तिक ७ सम्मको एक महिनामा लागूऔषध, मदिरा, चोरी, ठगी र विभिन्न अपराध नियन्त्रणमा उल्लेखनीय सफलता हात पारेको छ। जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनामा ७ जनालाई लागु औषध सहित नियन्त्रणमा लिएको छ भने अबैध रुपमा भन्सार छलेर भित्र्याइएको लता कपडा खाद्यान्न लगायत करिब र ६ करोड १७ लाख १२ हजार ४४ रुपैयाँ मुल्य बराबरको सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक सुदिप राज पाठकले जनाएकाछन ।
पर्सा प्रहरीका अनुसार यस अवधिमा लागूऔषध कारोबारमा संलग्न ७ जनालाई पक्राउ गरिएको छ। उनीहरूबाट खैरो हिरोइन ३१ ग्राम २९ मिलीग्राम, गाँजा ३१ के।जी। ९०० ग्राम, र चरेश ११ के।जी। बरामद गरिएको छ। त्यसैगरी विभिन्न प्रकारका अपराधमा फरार प्रतिवादी १७ जनालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ।
त्यसतै प्रहरीले मदिरा नियन्त्रणमा पनि उल्लेखनीय कार्य गरेको छ। प्रहरीले बिरगंज नगरबाट ४ हजार ६ सय ५० लिटर तयारी मदिरा र ७ हजार ६ सय २० लिटर कच्चा मदिरा नियन्त्रणमा लिएर १६ वटा भट्टी समेत फुटाएर नष्ट गरेको पो पर्सा प्रहरीले जनाएको छ।
त्यस्तै, अबैध रुपमा बालुवा लोड गरेको ३ वटा टयाक्टर नियन्त्रणमा लिइ कारबाही गरिएको छ भने १० क्युफिट सालको काठ समेत पक्राउ गरी वन सम्बन्धि अपराध अन्तर्गत कारबाही गरिएको छ। सामुदायिक प्रहरी साझेदारी अन्तर्गत, पर्सा प्रहरीले ९८ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरी १ हजार ३ सय १० जनालाई प्रत्यक्ष लाभान्वित गरेको पर्सा प्रहरीले जनाएको छ।
त्यसै गरी हराएका १२ जना महिला तथा बालबालिका फेला पारेर अभिभावकको जिम्मा लगाइएको छ भने उनीहरूमा २ महिला, १० बालिका, ३ जना बाल बालबालिकाहरु समेत उदार गरेको छ । एक महिनाको अवधिमा प्रतिबन्धित बिष्फोटक पदार्थ १७ लाख बराबरका पटाका समेत बरामद गरी नष्ट गरिएको प्रहरीले जनाएको छ।
विपद् उद्धारमा पनि प्रहरी सक्रिय भएको छ। उद्धार कार्यमा ७५० जना प्रहरी परिचालित भएको र दुई दिन लगातारको खटाइमा विभिन्न स्थानमा राहत वितरण गरिएको छ। यसअन्तर्गत ४०८ विपद् प्रभावित परिवारलाई खाद्यान्न र मौसमी सामग्री वितरण गरिएको थियो।
पर्सा प्रहरी उपरीक्षक सुदिपराज पाठकका अनुसार, प्रहरीले अपराध नियन्त्रण मात्र नभई सामाजिक सचेतना, उद्धार र राहत कार्यमा पनि निरन्तर सक्रियता देखाएको छ।


प्रतिक्रिया