मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

औषधि उत्पादक संघले वीरगंज महानगरलाई १० कम्प्युटर र ४ प्रिन्टर हस्तान्तरण

औषधि उत्पादक संघले वीरगंज महानगरलाई १० कम्प्युटर र ४ प्रिन्टर हस्तान्तरण

न्यूजस्टोरी

शेखर छत्कुली
वीरगंज, ३१ असोज । औषधि उत्पादक संघ वीरगंजले आज एक विशेष समारोहका बीच वीरगंज महानगरपालिकालाई १० वटा कम्प्युटर र ४ वटा प्रिन्टर हस्तान्तरण गरेको छ।
औषधि उत्पादक संघ वीरगंजका अध्यक्ष प्रभात रुंगटाले वीरगन्ज महानगरपालिका कार्यालयमा पुगेर उक्त कम्प्युटर र प्रिन्टर मेयर राजेश मान सिंहलाई सहयोग गर्नु भएको हो ।
जेन्जी आन्दोलनका क्रममा महानगरपालिकाका सम्पुर्ण उपकरण र सामाग्री नष्ट भएपछि दैनिक कामकाज सञ्चालनमा कठिनाइ भएको भन्दै संघले सहयोग स्वरूप उक्त उपकरणहरू प्रदान गरेको हो।

संघका प्रदेश अध्यक्ष प्रभात रुंगटा नेतृत्वको टोलीले आज महानगर कार्यालयमै आयोजित कार्यक्रममा मेयर राजेशमान सिंहलाई सो सामाग्री हस्तान्तरण गरेको थियो।

मेयर सिंहले सहयोगका लागि औषधि उत्पादक संघप्रति आभार व्यक्त गर्दै यस कदमले महानगरको सूचना प्रविधि सम्बन्धी सेवा पुनः सुचारु गर्न मद्दत गर्ने बताए।
औषधि उत्पादक सङ्घले महानगरपालिकालाइ दिएको कम्प्युटर र प्रिन्टरको मुल्य करिब ८ लाख रुपैयाँ रहेको उत्पादक सँघले जनाएको छ ।