काठमाडौं, १९ असोज । अविरल वर्षाका कारण हिजोदेखि स्थगित भएका आन्तरिक हवाई उडानहरू आज बिहानदेखि पुनः सञ्चालनमा आएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, मौसम अनुकूल बनेका केही स्थानतर्फका उडान आज बिहानैबाट सुरु भएका हुन् ।
कार्यालयले जनाएको अनुसार काठमाडौंबाट नेपालगञ्ज र भद्रपुरतर्फका उडान सम्पन्न भएका छन् । साथै, पोखरा र सुर्खेतको मौसम पनि हवाई उडानका लागि अनुकूल रहेको जानकारी प्राप्त भएपछि ती रुटमा पनि उडान पुनः सञ्चालन गरिएको हो ।
यसअघि लगातारको वर्षाका कारण दृश्यता न्यून हुँदा सबै आन्तरिक उडान स्थगित गरिएका थिए ।
अन्तर्राष्ट्रिय उडान भने हिजो बेलुकीदेखि नै नियमित रूपमा सञ्चालन हुँदै आएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ ।


प्रतिक्रिया