काठमाडौं, ११ असोज । नेपाल आयल निगमले पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको अभाव अब समाधान भएको जनाएको छ।
मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोका कारण सडक अवरुद्ध हुँदा इन्धन ढुवानी प्रभावित भई धेरै पम्पले सेवा दिन सकेका थिएनन्। तर सडक सुचारु भएसँगै इन्धन आपूर्ति पुनः नियमित भएको निगमले स्पष्ट पारेको छ ।
निगमले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्धका कारण पृथ्वी राजमार्ग अन्तर्गतका पेट्रोल पम्पहरूमा देखिएको पेट्रोलियम पदार्थको अभाव समाधान भइसकेको छ । अब त्यहाँका पेट्रोल पम्पहरूमा पेट्रोलियम पदार्थको कुनै कमी छैन भन्ने जानकारी सम्पूर्ण सरोकारवालालाई गराइन्छ ।”


प्रतिक्रिया