किरण कुँवर
चितवन, ३ भदौ । चितवनको रत्ननगरमा अवस्थित ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले यहि भदौं ६ गते बृहत् रक्तदान कार्यक्रम गर्ने भएको छ । सेवा केन्द्रले आज पत्रकार सम्मेलन मार्फत रक्तदान र्काक्रम बारे जानकारी गराएको हो ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्र टाँडीकी प्रमुख शर्मिला आचार्यले सेवा केन्द्र टाँडीमा मात्र ५०० युनिट रगत संकलन गर्ने गरी तयारी भएको जानकारी दिइन ।
ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका विभिन्न युनिटमा भदौं ६ देखि ९ गते सम्म अभियानका रुपमा सञ्चालन हुने रक्तदान कार्यक्रममा चार दिनमा एक लाख युनिट रगत संकलन गर्ने लक्ष्य उदेश्य राखिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।


प्रतिक्रिया