मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सर्लाहीको हरिपूर्वाका पूर्वशिक्षक रामपुकार यादवको गोली हानेर हत्या

सर्लाहीको हरिपूर्वाका पूर्वशिक्षक रामपुकार यादवको गोली हानेर हत्या

न्यूजस्टोरी

सर्लाही, ३१ साउन । सर्लाहीको हरिपूर्वा नगरपालिका–६ का पूर्वशिक्षक ५० वर्षीय रामपुकार यादवको गोली लागेर ज्यान गएको छ ।

नचिनेका मान्छेले उहाँलाई गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । गएराति घरमा छरछिमेकीसँग कुरा गरेर बसिरहेका बेला यादवलाई गोली प्रहार भएको थियो ।

टाउकोमा गोली लागेर घाइते भएका उहाँलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा नै ज्यान गएको हो । घटनामा संलग्नको खोजी र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।