मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बढ्यो पेट्रोलको मूल्य

बढ्यो पेट्रोलको मूल्य

न्यूजस्टोरी

काठमाडौं, ३१ साउन । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबारदेखि लागु हुने गरी निगमले पेट्रोलको मूल्य बढाएको हो ।

आज निगमले जारी गरेको विज्ञप्ति अनुसार डिजेल र मट्टितेलको मूल्य भने घटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेलरमट्टितेलको मूल्य घटाएको हो ।

इन्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य सूची प्राप्त भएको जनाउँदै निगमले पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरिएको जनाएको छ ।

निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ बढेको छ । यस्तै डिजेलरमट्टितेलमा प्रतिलिटर एक रुपैयाँ घटेको छ । नयाँ मूल्य आज मध्यराती १२ बजेपछि लागु हुने निगमले जनाएको छ ।