मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भागमा परेको बिगोबापतको रकम दाखिला गर्दा पनि थुना मुक्त हुन सकेनन् रवि

भागमा परेको बिगोबापतको रकम दाखिला गर्दा पनि थुना मुक्त हुन सकेनन् रवि

न्यूजस्टोरी

बुटवल, २६ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेले थुना मुक्त नहुने भएका छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले थुनामा पठाउने आदेश गरेसँगै लामिछाने थुना मुक्त नहुने भएका हुन् ।

बुटवलको सुप्रीम सहकारी ठगी अभियोगमा गत चैत २५ देखि रुपन्देही कारागारमा रहेका लामिछानेले आफू सहकारी ठगीमा संलग्न नभएको जिकिर गर्दै आफ्नो भागको बिगो बराबरको जमानत लिएर रिहा गर्न जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएका थिए । उनले साउन १९ गते दिएको निवेदनमा बचतकर्ताको बचत फिर्ताको सुनिश्चित आफूबाटै गर्न चाहेको उल्लेख गरेका थिए ।

अदालतमा पेश भएको निवेदनसँगै लामिछानेले आफ्नो भागको ठगी रकमको बिगोबापतको २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पनि दाखिला गरेका थिए ।

बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा गत चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । उच्च अदालतको आदेशलाई उनको सर्वोच्च अदालतले पनि सदर गरेको थियो ।