मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मधेश, बाग्मती, गण्डकीको केही ठाउँमा ठूलो वर्षा

मधेश, बाग्मती, गण्डकीको केही ठाउँमा ठूलो वर्षा

न्यूजस्टोरी

काठमाडौं, २५ साउन । मधेश, बाग्मती, गण्डकीको केही ठाउँमा गएराति ठूलो पानी परेको छ । गएराति सिन्धुपाल्चोक, धनुषा र कास्कीमा सबैभन्दा धेरै वर्षा मापन भएको हो । धनुषाको तुलसी वर्षा मापन केन्द्रमा पछिल्लो ६ घण्टामा १०५.६ मिलिमिटर वर्षा मापन भएको छ ।

त्यस्तै सर्लाही, सिन्धुपाल्चोक, कास्कीमा पनि ठूलो पानी परेको छ । गएराति कोशी, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै ठाउँमा मध्यम वर्षा भएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेशको पहाडी भागका एक, दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना छ । आज देशभर मौसम बदली रहनेछ ।