काठमाडौं, ५ साउन । साउन महिनाको पहिलो सोमबार । सनातन धर्मावलम्बी भगवान् शिवको पूजाअर्चना तथा उपवास बसी मनाउँदै छन् । सौरमानको पात्रो अनुसार पहिलो सोमबार ५ गते परेको हो ।
चान्द्रमानको पात्रो ९तिथिमा चल्ने० अनुसार असार ३० देखि साउने सोमबार व्रत शुरु भएको थियो । चान्द्रमानको पात्रोअनुसार श्रावण कृष्ण प्रतिपदादेखि शुक्ल पूर्णिमाको बिचमा पर्ने सोमबार व्रत लिने प्रचलन छ । सौरमानको पात्रोअनुसार साउने संक्रान्तिदेखि मासान्तसम्म पर्ने सोमबार व्रत लिने चलन छ ।
सौरमानअनुसार श्रद्धालुले साउनको ५, १२, १९ र २६ गते व्रत बस्न सक्नेछन् । असार ३० गते व्रत शुरु गरेकाहरूले भने सौरमासको पात्रो अब ५, १२ तथा १९ गते व्रत बस्नेछन् । दुवै प्रकारका व्रत प्रचलनमा भए पनि चान्द्रमानको पात्रोअनुसार गुरुपूर्णिमादेखि जनैपूर्णिमासम्मका सोमबार व्रत लिन उपयुक्त हुने धर्मशास्त्री प्राडा देवमणि भट्टराई बताउँछन् ।
आज काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा बिहानैदेखि श्रद्धालु भक्तजनको भीड लागेको छ । साउनको सोमबार विशेषगरी दाम्पत्य जीवन सुखमय होस् भन्ने कामनासहित भगवान् शिवपार्वतीको पूजा गर्ने र व्रत बस्ने सनातन धर्मावलम्बीको परम्परा छ ।


प्रतिक्रिया